www.tandavnews.com
Fact ~ In search of truth

स्काम अलर्ट : नझुक्कीनुहोस् है ! यो वास्तविक होइन

पोखरा
ताण्डव न्यूज ।

के तपाइले चलाउने सामाजिक सञ्जालमा ‘निःशुल्क उपहार’ भन्दै ‘नेपाल टेलिकम‘ नामक पेजबाट पोष्ट आएको छ ? आएको छ भने त्यसलाई इग्नोर गरिदिनुहोस् ।

नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरि ‘फेक पेज’ बनाएर केहि हप्तायता यस्ता पोष्टहरु आउन थालेका छन् । पोष्टमा विभिन्न ‘फ्रि अफरहरु’ देखाइने गरिएको छ । तर ति आधिकारीक भने होइनन् ।

Batas

नेपाल टेलिकमकै आधिकारीक पेज जस्तो छनक दिनेगरि ‘निशुल्क ३ जीबी इन्टरनेट पाउनुहोस् तलको लिंकमा साइन इन गर्नुहोस् निशुल्क अफरको लागि प्रस्ताव प्राप्त गर्नका लागि’ भन्दै लिंक पोष्ट गरिएको छ ।

फेक पेजबाट गरिएको पोष्ट

उक्त पोष्टमा ‘यो मजाक होइन वास्तविक हो, थप उपहारहरुको लागि सम्पर्कमा रहनुहोस्’ भन्दै नेपाल टेलिकमकै लोगो प्रयोग गरिएको छ । यस पोष्टलाई बुस्ट समेत हानिएको छ । दिइएको लिंकमा क्लीक गर्नुभयो भने ‘साइन इन’ अप्सन आउँछ, जुन ‘फेसबुक’कै ‘ले आउट’मा तयार पारिएको छ ।

फेसबुककै जस्तो देखिने गरि बनाइएको ‘साइन इन ले आउट’

याे सबै तपाईको फेसबुक डेटा हत्याउने जाल हो ।

नेपाल टेलिकमको आधिकारीक पेज यो हो

https://www.facebook.com/NepalTelecom.NT

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.