www.tandavnews.com
Fact ~ In search of truth

दर्जन फोटोमा हेराैँ ! पाेखरामा नेकपा प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन

पोखरा
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहले कास्कीमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको (प्रतिनिधि सभा) संसद विघटनलाई असंवैधानिक कदमको टिप्पणी दिदै नेकपा प्रचण्ड –नेपाल समुहले देशभर एक विरोध प्रर्दशन गरेको हो । पोखराको मानव अधिकार चोकबाट र्याली सुरु भई महेन्द्रपुल, नयांबजार हुदै लखनचोकमा पुगी सभामा परिणत भएको थियो ।

Batas

प्रदर्शनकारीहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौ’, ‘प्रतिगामी षड्यन्त्र असफल पारौ’, ‘माक्र्सवाद लेनीनवाद जिन्दावाद’, ‘राष्ट्रिय सार्वभौमिकता स्वाधिनता र हितको रक्षा गरौ’ ‘भारतीय सेना लिम्पियाधुरा कालापानी छोड’ लगायतका नारा उल्लेखित प्लेकार्डहरु बोकेका थिए । उक्त सभालाई केन्द्रीय नेता सुरेन्द्र पाण्डे लगायत जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.