www.tandavnews.com
Fact ~ In search of truth

भारतमा ६ जनामा नयाँ प्रकारको कोरोना संक्रमण

भारत ।

बेलायतमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टबाट भारतमा ६ जना संक्रमित भएका छन् ।

भारत सरकारको अनुसार ती ६ संकमित हालसालै युकेबाट भारत फर्किएकाहरु हुन् । भारतीय सरकारले उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखेको बताएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ।

Batas

यो नयाँ खालको कोरोना भाइरस यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको लागेको थियो ।भारतमा हाल एक करोडभन्दा धेरै मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

भारतले गत साता यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको छ।यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै संक्रामक भए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.