www.tandavnews.com
Fact ~ In search of truth

पैसा नपाएपछि आन्दोलनरत उखु किसानको हृदयघातका कारण निधन

काठमाडौं ।

चिनी मिलले उखु खरिद गरेको पैसा नदिएपछि आन्दोलनका लागि काठमाडौं पुगेका एक आन्दोलित किसानको मृत्यु भएको छ ।

बक्यौता रकमका लागि आन्दोलित सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको जनाइएको छ। काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको हो।

Batas

यादव भगत अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि आन्दोलनका लागि काठमाडौं पुगेका थिए। मिलले उनलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी छ।चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट समेत ऋण लिएको बताइएको छ । उनले १८ लाख रूपैयाँ ऋण तिर्न बाँकी छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.