www.tandavnews.com
Fact ~ In search of truth

मिडटाउन सिनेमाज हल खुल्यो, ‘आमा, सेन्टिभाइरस र द इनभिजिवल म्यान’ प्रदर्शन

पोखरा,
ताण्डव न्युज ।

कोभिडका कारण ९ महिनादेखि बन्द रहेको पोखरा मल्टिप्लेक्स हल मिडटाउन सिनेमाज मंगलबारदेखि खुलेको छ ।

सिनेमाजले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी हल सञ्चालन गर्न लागेको हो । सिनेमाजका म्यानेजिङ डाइरेक्टर निकेश द्धाले लामोसमयदेखि बन्द रहेको हल औपचारिक रुपमा मंगलबारदेखि सुरु भएको बताए ।

Batas

‘कोभिडले सबैलाई प्रभावित बनायो । त्यसमा सिनेमा क्षेत्रपनि अछुतो रहने कुरै भएन,’ उनले भने, ‘अब भने कोभिडको अन्यौलका बीचपनि सिनेमा हल खोल्ने तयारी गरेका छौं ।’ उनका अनुसार २ घण्टाको फरकमा फिल्म देखाइनेछ । फिल्म सकिएपछि हलभरी सेनिटाइजर छर्किनेछ ।

‘त्यसको लागि मेशिन समेत ल्याएका छौ,’ उनले भने, ‘फिल्म हेर्ने दर्शकले एउटा सिट ग्याप गरेर बस्ने व्यवस्था मिलाउनेछौं ।’ हल सञ्चालन गरेको ३ महिना नाफा कमाउने भन्दा पनि फिल्म चलाउने वातावरण बनाउने द्धावले बताए । उनका अनुसार एक दिनमा बढीमा ४ शो सम्म हुनेछ ।

मंगलबारबाट खोलिएको हलमा नेपाली चलचित्र ‘आमा’, ‘सेन्टिभाइरस’ र अंग्रेजी चलचित्र ‘द इनभिजिवल म्यान’ प्रदर्शन हुँदैछन् । उनले तत्काल नयाँ फिल्म नआएको हुँदा यसअघि नै प्रदर्शन भएका फिल्म रिलिज गर्न लागेको सुनाए । ५० प्रतिशत अकुपेन्शीमा हल सञ्चालन गर्न लागेको द्धावले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.