www.tandavnews.com
Fact ~ In search of truth

जनवरी १ देखि यतीले दैनिक पर्वतीय उडान गर्ने

काठमाडौं,
ताण्डव न्यूज।

यती एयरलायन्सले जनवरी १ देखि दैनिक पर्वतीय उडान गर्ने भएको छ ।

साताको दुई दिन पर्वतीय उडान गरिरहेको यती एयरलाइन्सले यात्रुको माग बढेसँगै आउँदो शुक्रबारदेखि भने दैनिक उडान गर्न लागेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । बर्तौलाको अनुसार आकर्षक योजना सार्वजनिक भएसँगै पर्वतीय उडानमा यात्रुको माग बढिरहेको छ।

Batas

माग बढेसँगै दैनिक तीन वटासम्म पर्वतीय उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।पर्वतीय उडानको माग बढेपछि बुद्ध र यती एयरलाइन्सले भाडादरमा वृद्धी गरेका छन् । दुवै कम्पनीले एक हजार एक सय रुपैयाँले पर्वतीय उडानको भाडा बढाएका हुन्।

बुद्धले यसअघि यस उडानको भाडादर आठ हजार आठ सय ९९ रुपैयाँ तोकेकोमा हाल यसलाई नौ हजार नौ सय ९९ रुपैयाँ बनाएको छ । यसअघि आठ हजार आठ सय ४८ रुपैयाँ भाडादर निर्धारण गरेको यतीले पनि यसलाई अहिले नौ हजार नौ सय ४८ रुपैयाँ पुर्‍याएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.