www.tandavnews.com
Fact ~ In search of truth

बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार छ, यो युनिभर्सल ट्रुथ हो :मुख्यमन्त्री गुरुङ

पोखरा ।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणा गर्नु अदालतको भर्डिकअनुसार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । बहुमतको सरकार हुँदा पहिले पनि यस्ता किसिमका अभ्यास भएको उनको भनाइ छ ।

२०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको परिस्थिति अहिले नेकपा सरकारले भोग्नुपरेको उनले बताए । ‘हामीलाई थाहा छ, नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी ग¥यो, हामीलाई मान गरेन भनेर विरोध गरे ।

Batas

गिरिजाको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो । त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो ।’ केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले बताए । भने, ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो युनिभर्सल ट्रुथ हो ।’

पार्टीको असहयोगपछि जनतामा जानु असंवैधानिक नभएको र यो लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ । आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौँ संस्करणअन्तर्गत पोखरामा आयोजित ‘प्रदेशबाट देखिने देश’ विषयक छलफलका क्रममा गुरुङले प्रधानमन्त्रीले अनैतिक काम गरेको भन्दा पनि पार्टीभित्रको अराजक व्यक्तिले काम गर्न नदिएको कारणले उनीहरूलाई कारबाही गर्न र को ठीक, को बेठीक छुट्याउन जनतालाई अधिकार दिएको बताए ।

छलफलमा वैशाखमा चुनाव हुन्छ भनी गरेको प्रश्नमा गुरुङले आत्मविश्वासका साथ ‘हुन्छ’ भने । संसद् विघटन भइसकेपछि अदालतको निर्णय कुर्ने र त्यसपछि जनताले के निर्णय दिन्छन्, त्यही मान्नु लोकतान्त्रिक अभ्यास हुने उनले बताए ।

केन्द्रमा प्रतिनिधिसभा विघटन भएपछि त्यसको प्रभाव विभिन्न प्रदेशमा देखिएको बेलामा मुख्यमन्त्री गुरुङले भने भर्खर संघीयता आएको महसुस गरेको अभिव्यक्ति गरेका छन् । संविधान जारी भएपछि अहिले लागू गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उनले बताए। ‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो । हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उनले भने, ‘मेरो त अझै पनि गुनासो छ ।’

मुख्यमन्त्री भएर काम गर्न नसकेको क्षोभको तुष निकाल्नुभएको हो कि भनी गरेको प्रश्नमा मुख्यमन्त्री गुरुङले भने, ‘म मुख्यमन्त्री हुनुमा मलाई कुनै पनि दुःख छैन ।’ कसैले केही लोभीपापी कुरा लिएर मेरो दैलोमा आयो भने मैले पूरा गर्दिनँ । तर यदि यो ठाउँका ५१ प्रतिशत जनताले उनले काम गर्न सकेक छैनन् भनेर मत राख्छन् भने आफू आजै राजीनामा दिन तयार रहेको उनले बताए ।

गुरुङले कानुनी वैधानिक रूपमा पार्टी एक रहेको तर भावनात्मक रुपमा, क्रियाकलापलाई आधार मान्ने हो भने पार्टी फुटिसकेको उल्लेख गरे । मुलुक, देशका अन्य प्रदेश फुटेर क्षतविक्षत भएको अवस्थामा पनि गण्डकी शान्त रहेको उनेको भनाइ छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.