www.tandavnews.com
Fact ~ In search of truth

अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

पोखरा,
ताण्डव न्यूज ।

नेपाली अभिनेत्री जसिता गुरुङ सन २०२० का १ सय सुन्दर अनुहारको लिस्टमा परेकी छन् ।

विश्व चर्चित एजेन्सी टिसी क्यान्डलरले वर्षेनी प्रकाशित गर्दै आएको सूचिमा गुरुङ ५३ औं स्थान मा परेकी हुन् । उनले यो लिस्टमा पहिलो पल्ट प्रवेश पाएकी हुन् । उनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि पछि पारेकी छन् ।

Batas

सूचिमा प्रियंका ९१ औं स्थानमा छिन् । लन्डनमा बसोबास गर्दै आएकी जसिताले ‘लिलीबिली’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् । त्यसयता ‘लभ स्टेसन’मा अभिनय गरेकी जसिता हाल ‘आइ एम ट्वान्टी वान’को सुटिङ गरिरहेकी छिन् ।

सार्वजनिक सूचीमा इजरायली मोडल येल सेल्बियाले पहिलो स्थान हात पारेकी छिन् । टिसीले जारी गर्दै आएको सूचीको यो ३१ औं संस्करण हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.