www.tandavnews.com
Fact ~ In search of truth

यमनमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्य सवार विमानमा आक्रमण, २२ को मृत्यु

काठमाडौं ।

यमनमा प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरु माथि भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमानमा आक्रमण हुदाँ २२ जनाको मृत्यु भएको हो ।

छिमेकी साउदी अरेबियाबाट यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा अवतरण गरेको केहीबेरमै आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। आक्रमणमा ५० भन्दा बढी घाइते भएको बताइएको छ।

Batas

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन्।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.