www.tandavnews.com
Fact ~ In search of truth

चितवनका सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

चितवन ।

रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए । एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उनले बताए । फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ ।

Batas

यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्यांक संकलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्यांक छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.