www.tandavnews.com
Fact ~ In search of truth

आ–आफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुन्छः पूर्वराष्ट्रपति डा यादव

काठमाडौं ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् ।

विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज काठमाडौं मा आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आ–आफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ थियो । ‘अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।

Batas

‘सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ’, डा .यादवले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा .यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो ।

अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । ‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ’, डा .यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।’ स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.