www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री कप महिला क्रिकेट: गण्डकी प्रदेश १४० रनले पराजित

दाङ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको छ ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको खेलमा प्रदेश नम्बर १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन बनाउँदा नै अलआउट भयो । जसमा गण्डकीका ९ खेलाडी शून्यमै आउट भए। कुशुम गोदारले ८ बलमा २ रन, सोनिया थापाले ८ बलमा २ रन नै बनाए । ३ रन अतिरिक्त आएको थियो ।

Batas

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर १ का लागि काजल श्रेष्ठले ५७ बलमा ५२ रन, रुबिना क्षेत्रीले १७ बलमा १५ रन साथै रोमा थापाले ४९ बलमा ५१ रन बनाएका थिए।

योसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमसँग र समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशले समूह ‘बी’ को विजेता प्रदेश नम्बर १ सँग शनिबार खेल्नेछ।

फाइनल खेल आइतबार हुनेछ। प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए। बाहिरिएका प्रदेश नम्बर २ र वागमती प्रदेशले भने एक–एक खेल जिते।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.