www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डौ ।

राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागिअधिवेशन आह्वान गरेकी छन् ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको राष्ट्रिय सभाको अधिवेशनको कार्यसूची तय गरेको थियो।राष्ट्रिय सभा बैठकमा थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय भएको छ ।

Batas

अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उद्दघाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.