www.tandavnews.com
Fact ~ In search of truth

चीनमा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलोपटक फेला परेको हो ।

बेलायतबाट चीन फर्केकी २३ वर्षका एक महिलामा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको हो । समाचार संस्था रोयटर्सका अनुसार चीनमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार बारे त्यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरेको छ । चीनमा कोरोनाको नयाँ प्रकार फेला परेसँगै थप सतर्कता अपनाइएको छ ।

साथै बेलायत र बेलायत हुँदै चीन प्रवेश गर्नेहरु माथि पनि कडाईं गरिएको छ । सुरुमा कोरोना भाइरस चीनको वुहानमा फेला परेको र पछिल्लो समय विश्व नै त्यसको चपेटामा परेको छ । अहिले भाइरसले स्वरुप परिवर्तन गर्दै नयाँ प्रकारमा परिणत भएको छ । कोरोना भाइरस फेला परेको एक वर्षपछि नयाँ प्रकारले अहिले विश्वको ध्यान आफूतिर आकर्षित गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.