www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

काठमाण्डौ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने भएको छ । काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिता माघको तीन गतेबाट गर्ने योजनामा क्यान रहेको छ । यो प्रतियोगिताको मिती केहि दिनमा नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गर्नेछ ।

यसअघि पुषको ११ गतेबाट हने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकै साथ भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन साताका लागि सारेको थियो । राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागिए सहित १० टिमका सहभागिता रहनेछ । यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उपविजेताले कति रकम पाउछन् भन्ने क्यानले खुलाएको छैन ।प्रतियोगिताका लागि क्यानले प्रायोजन खोज्ने कामपनि तिब्ररुपमा अगाडी बढाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.