www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली प्रदेश सभा सदस्यको गाडीमा अज्ञात समुहले लगायो आगो

कर्णाली,
ताण्डव न्यूज ।

अज्ञात समुहले कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा आगजनी गरेको छ ।

जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिकाको वडा नं ७ स्थित पुन्मामा आगजनी भएको हो ।

Batas

बिहिबार राती १० बजेतिर उनको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए । आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.