www.tandavnews.com
Fact ~ In search of truth

किसानको सम्मानले उत्पादन बढ्छ : मन्त्री अर्याल

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएका छन् ।

थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताए । उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गरे ।

Batas

मन्त्री अर्यालले विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनुपर्ने जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.