www.tandavnews.com
Fact ~ In search of truth

तीन वर्ष पूरा भइसक्दा पनि सकिएन गोरखा दरबार पुनः निर्माण

गोरखा ।

गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो ।

राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन ।

Batas

पुरातत्व विभागले पुनः २०७७ को जेठभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम सम्पन्न गरेन । फेरि गएको मङ्सिर मसान्तसम्म अन्तिम पटक भन्दै म्याद थप भए पनि अझैसम्म दरबार पुनःनिर्माणको काम लगभग आधा जसो बाँकी नै छ ।

दरबारको पहिलो तल्लामा गारो लगाउने काम सकिएको र अहिले दलान राख्ने काम भइरहेको छ । ‘यही गतिमा दरबार पुनःनिर्माण हुने हो भने अझै कहिले दरबार निर्माणको काम सम्पन्न हुन्छ भन्ने यकिन छैन’, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, ‘पुनःनिर्माणको गति अत्यन्तै सुस्त छ, पटकपटक म्याद थप गरी गएको मंसिरभित्र निर्माण सम्पन्न हुनुपर्ने दरबार अझै निर्माण हुन सकेको छैन ।’

ठेकेदार कम्पनीसँग पुरातत्व विभागले थप गरेको अन्तिम पटकको समयसीमा भने सकिएको छ । अहिलेसम्म दरबारको जगदेखि भूइँतलासम्मको काम सम्पन्न गरी पहिलो तलाको काम अन्तिम चरणमा पुगेको उनी बताउछन् ।

‘पहिलो तलामा पाखादलिन, टुँडालहरु राख्ने काम भइरहेको छ’, प्रमुख भुसाल भन्नुहुन्छ, ‘दोस्रो तलाको पूरै काम बाँकी छ, त्यसपछि दरबारको बरण्डा, झ्यालहरु तथा छाना राखेर छानामा झिंगटी राख्ने काम हुन्छ ।’ उनका अनुसार अन्यत्र भएका कामको अनुभवका आधारमा हेर्दा अझै पनि ठेकेदार कम्पनीले नियमित आवश्यक जनशक्तिको प्रयोग गरी काम गरे पनि अझै आउने तीन-चार महिनाअघि दरबार पुनःनिर्माण सम्पन्न हुनसक्ने अवस्था छैन ।

‘थपिएको म्याद सकिएपछि पुनःम्याद थप गर्ने वा ठेकेदार कम्पनीलाई कारवाही गरेर अघि बढ्ने भन्नेमा पनि कुनै निर्णय भएको छैन’, उनले भने, ‘अन्तिम पटक भनिएको समय सकिएको छ अहिले काम भने नियमित भइरहेको छ ।’

भुसालका अनुसार तीन वर्षमा दरबार पुनःनिर्माणको काम करिब ६५ प्रतिशत मात्र सकिएको छ ।‘पुरातत्व विभागले दरबार नभत्काउँदै गरेको पुनःनिर्माणको डिजाइन र भत्काइसकेपछि संरचना हेरेर डिजाइन परिवर्तन गर्नुपर्दा छ महिना जति ढिलाइ भयो’, उनले भने, ‘त्यसपछिका दिनमा ठेकेदार कम्पनीले आफूले लिएको जिम्मेवारीप्रति उदासिनता देखाएका कारणले नै पुनःनिर्माण कार्य ढिलासुस्ती हुँदै गएको हो ।’

अब म्याद थप हुने नहुने भन्न सक्ने अवस्था नरहेको भुसालले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.