www.tandavnews.com
Fact ~ In search of truth

माघ देखी घान्द्रुक खुला, छोम्रोङ प्रवेशमा पीसीआर अनिवार्य

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

‘कोभिड–१९’ कोरोना भाईरसका कारण विगत ९ महिना देखी बन्द रहेको अन्नपूर्ण गाउँपालिकाको पर्यटकिय घान्द्रुक लगायतका गाउँमा पर्यटकका लागि प्रवेश खुला गरिने भएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्वारा पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलन मार्फत आगामी माघ १ गते देखि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि प्रवेश खुला गरिने जानकारी दिईएको हो । समितिका अध्यक्ष किसम गुरुङले घान्द्रुकसँगै टाढापानी, देउराली, घोडेपानीको रुट पनि खुलाईएको बताए । उनका अनुसार छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) को रुट माघ १ देखी संचालनमा आउनेछन् ।

Batas

अध्यक्ष गुरुङले स्वास्थ्य सुरक्षा मापडण्ड पुरा गरी होटलहरु संचालन गरिने जानकारी दिए उनले घान्द्रुक भ्रमणको क्रममा पर्यटकलाई ज्वरो आएको खण्डमा तीनवटा एट्याच बाथरुम सहितको आईसोलेशनको व्यवस्था गरिएको बताए । गुरुङले उक्त आईसोलेशनमा रहेका बिरामीलाई २४ सै घण्टा नर्सले निगरानी गर्ने गरि व्यवस्था मिलाएको उल्लेख गर्दै आवश्यक परेको खण्डमा बिरामीलाई एम्बुलेन्समा पोखरा पठाईने व्यवस्था समेत गरिने बताए ।

घान्द्रुकमा स्वास्थ्य सुरक्षा मापडण्ड (मास्क, पञ्जा, सेनीटाईजर, सामाजिक दुरी कायम) पालना गरि प्रवेश गर्न अनुमति दिईएपनि छोम्रोङ प्रवेशमा भने पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । स्थानिय बासिन्दा, पर्यटन तथा होटल व्यवसायीको संयुक्त बैठकले उक्त निर्णय गरिएको पर्यटन व्यवस्थापन समिति छोम्रोङका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए । गुरुङले गाउँमा कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै कडाई गरिएको तर्क दिए । पर्यटकहरु टे«किङका लागि घान्द्रुक, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुदै अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) पुग्न सक्नेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.