www.tandavnews.com
Fact ~ In search of truth

देशका उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाण्डौ,
ताण्डव न्यूज ।

आजदेखि मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पनी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

Batas

यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रममा कमी आउनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई÷पहाडी भू–भागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.