www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाईनल आज

काठमाण्डौ,
ताण्डव न्यूज ।

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ ।

आज हुने उपाधि खेलमा प्रदेश नम्बर एक र विभागीय टोली एपीएफ बीच प्रतिस्पर्धा हुनेछ । दाङको लमहीमा जारी प्रतियोगिताको फाईनल खेल आज बिहान साढे ११ बजेबाट सुरु हुने बताइएको छ ।

Batas

विभागीय टोली एपीएफले सुदुरपश्चिम र प्रदेश नम्बर एकले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । राष्ट्रिय क्रिकेट टिमका खेलाडी सम्मिलित एपीएफको कप्तानी सिता राना मगरले गरेकी छन् भने प्रदेश नम्बर एकको नेतृत्व राष्ट्रिय महिल टिमकी कप्तान रुबिना क्षेत्रीले गरेकी छन् ।

एपीएफ र प्रदेश १ समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । दुवै टिम प्रतियोगिता अपराजित रहेका छन् ।दुवै टिम फाईनल खेलमा जित निकाल्दै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगितामा ७ प्रदेश सहित १ विभागीय टिम सहभागी रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.