www.tandavnews.com
Fact ~ In search of truth

नाइजेरियाको एक गाउँमा अज्ञात समूहको आक्रमण, ५६ जनाको मृत्यु

काठमांडौँ ।

दक्षिण अफ्रिकी मुलुक नाइजेरियाको माली सीमा नजिक एक गाउँमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा ७९ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारी हरुका अनुसार टिल्लाबेरी क्षेत्रमा रहेको चोमोबान्गोऊ र जारोउम्दारेय गाउँमा आक्रमण भएको हो ।

Batas

चोमोबान्गोऊ गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस्तै जारोउम्दारेय गाउँमा ३० जनाको मृत्यु भएको बताइएको छ । बीबीसीले लेखे अनुसार यस क्षेत्रमा सन् २०१७ देखि नै आपतकाल लागू गरिएको छ । आक्रमण पश्चात हालसम्म नाइजेरिया सरकारले कुनैपनि प्रतिक्रिया जनाएको छैन ।

पश्चिमी अफिकी मुलुक नाइजेरियामा अल कायदार इस्लामिक स्टेटसँग सम्बन्धीत चरमपन्थीहरुले यसअघि पनि आक्रमण गरिसकेका छन् । गत वर्ष भएको विभिन्न आक्रमणमा परी एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.