www.tandavnews.com
Fact ~ In search of truth

निजी क्षेत्रलाई सरकारले व्यावसायीक पार्टनरका रुपमा लिनुपर्छ : नेउवा उपाध्यक्ष ढकाल

पोखरा,
ताण्डव न्यूज ।

सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायीक पार्टनरका रुपमा लिनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिएका छन् ।

मुलुकमा व्यावसायीक वातावरण बन्नका लागि राज्यको नीतिमा सुधार आउनुपर्ने उनले बताए । बागलुङमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभामा उनले यस्तै नीतिका कारण पनि मलेसियाले छोटै समयमा विकास गरेको बताए ।

Batas

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावना भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको ठहर छ । उपाध्यक्ष ढकाल आईएमई ग्रूपका अध्यक्ष समेत हुन् ।

व्यवसायीजति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण वा आफ्नो व्यावासायीक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागे जस्तो व्यवहार राज्यले गर्ने र परम्परागत दृष्टिकोण अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायीक क्षेत्रमा सहज वातावरण बन्न नसकेको उनले बताए ।

उनले नेपालमा पुँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको दाबी गरे । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु एकै खालका रहेको भन्दै उपाध्यक्ष ढकालले ती समस्याको समाधानका लागि देशका स्थानीयदेखि प्रदेश सरकारको ध्यान दिनुपर्ने धारणा राखे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.