www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अस्पतालमा उपचाररत स्याङ्जाकी संक्रमित महिलाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत स्याङ्जाकी एक संक्रमित महिलाको हिजो साँझ मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

स्याङ्जा, पुतलीबजार नगरपालिका –७ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार (हिजो) साँझ पौने ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ । यसैबीच पोखरामा १५ जना संक्रमित थपिएका छन् ।पोखरामा मात्रै हालसम्म संक्रमितको संख्या ६ हजार ८ सय २२ पुगेको छ।

यो सगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ८५ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.