www.tandavnews.com
Fact ~ In search of truth

नेपाल प्रहरी श्रीमती संघ पोखराद्धारा तनहुँको देवघाट बासीलाई खाद्यान्न र न्यानो कपडा

पोखरा,
ताण्डव न्यूज ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले तनहुँका आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई न्यानो कम्बल र खाद्यान्न वितरण गरेको छ । श्रीमती संघ पोखराले तनहुँको देवघाट गाउँपालिका वडा नं १ बसेनीटारका एक सय घर परिवारलाई न्यानो कम्बल र खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाईरसका कारण आफ्नो रोजगारी गुमाएर जिविको पार्जनमा समस्या भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै जाडोका लागि समेत हुने गरी न्यानो कपडा वितरण गरिएको संघका अध्यक्ष सरस्वती अर्यालले जानकारी दिईन् ।

Batas

देवघाट गाउँपालिकाको तथ्यांक अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त बसेनिटार गाउँमा संघले न्यानो कम्बल तथा चामल, दाल र चिउरा समेत वितरण गरेको थियो ।

उक्त राहत वितरणबाट आफूहरुलाई जाडो कटाउन सहज हुने लाभग्राहीहरुले बताए । उक्त राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधिहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.