www.tandavnews.com
Fact ~ In search of truth

पोखरा हस्तकला संघमा खड्का

पोखरा ।

कास्की पोखरा हस्तकला संघका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएका छन् । संघको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् ।

त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भएका छन् । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताए ।

Batas

अधिकांश महिलालाई रोजगार दिन सफल यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिएर प्रर्वद्धनमा सघाउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले नेपाली हस्तकलाको सामग्रीको बजार व्यवस्थापन गरेर जान सके यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, ‘नेपाली हस्तकलाको माग बढ्दो छ तर यसको उचित बजार व्यवस्थापन हुनसकेको छैन ।’

संघका संस्थापक अध्यक्ष हीरा भट्टराईले दशकअघि कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गराएर संस्थाको स्थापना गरेको बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.