www.tandavnews.com
Fact ~ In search of truth

उर्जामन्त्री रायमाझीको आरोप :प्रचण्डले आठवटा सरकार ढलाए

अर्घाखाँची,
ताण्डव न्यूज ।

नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी फुटाउने र सरकार ढाल्ने खेलमा लागेको नेपाल सरकारका उर्जामन्त्री टोपबहादुर रायमाझीले आरोप लगाएका छन् ।

प्रेस संगठन अर्घाखाँची शाखाले आइतबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले अहिलेसम्म ८ वटा सरकार ढाल्न प्रचण्डको मुख्य हात रहेको आरोप लगाए ।

Batas

पछिल्लो केही दिनयता नेपालमा लोडसेडिङ सुरु भयो भन्ने कुरा गलत भएको उर्जामन्त्री रायमाझीको दाबी छ । गत वर्षभन्दा यस वर्ष विद्युत क्षमता बढी भएकाले लोडसेडिङ नभइ ओभरलोड भएको उनको भनाइ छ । पुरानो सिस्टमले लोड धान्न नसक्ने अवस्था भएकोले केही समस्या आएको उनको तर्क छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.