www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रर्वद्धन गर्न लिगलिगकोटमा ‘साईकल दौड’ 

सुशान्त गाहा (अर्जुन),

पोखरा/ताण्डव न्यूज ।

लिगलिगकोटको ईतिहास तथा मौलिक संस्कृतिको जगेर्ना, वातावरणमैत्री साईकल संस्कारको विकास र पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित प्रथम ‘लिगलिगे साईकल दौड’ प्रतियोगिताको आयोजना हुने भएको छ ।

Batas

लिगलिग भिलेज स्पोर्ट्सले गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा प्रथम माउन्टेन बाईक क्रस कन्ट्री म्याराथन ‘लिगलिगे साईकल दौड’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

नेपाल साईक्लिङ संघको राष्ट्रिय नियम अनुसार उक्त प्रतियोगिता फागुन ७ गते संचालन गरिने आयोजक संस्थाका अध्यक्ष संजीव रानामगरले ताण्डव न्यूजलाई बताए । रानामगरका अनुसार फागुन ७ गते संचालन हुने उक्त प्रतियोगितामा सहभागिताका लागि आउँदो माघ ७ देखी २७ गते सम्म अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।

अध्यक्ष रानामगरले नेपाल बाहेक अन्य मुलुकबाट समेत प्रतियोगितामा सहभागी हुन सक्ने बताउदै पुरुष र महिला गरी दुई विधामा खुल्ला प्रतियोगिता सञ्चालन गरिने बताए । ‘हामीले कुनै उमेर समुहमा वर्र्गीकरण गरेका छैनौ, रानामगरले भने, ‘यो अन्तर्राष्ट्रिय प्रतियोगिता हो, खुल्ला हो जस्ले पनि भाग लिन पाउँछ । पुरुष र महिलाको भने छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।’

अध्यक्ष रानामगरले उक्त प्रतियोगिता लिगलिगकोटदेखी सुरु भई आँपपिपल, हर्मीभञ्ज्याङ, बयापानी, मुकुनडाडाँ, रिपगाउँ, आँपपिपल अस्पताल, पाथीभरा, मिर्दीखोला, भण्डारथोक, ओख्लेपुल, गरमबेशी, चेपे दोभान, हवाई ग्राउण्ड, तालपोखरी, कालामाटा राधाकृष्ण मन्दिर, नगरपालिकाको कार्यालय, बाह्रपिर्के, हात्तीगौडा, लुईटेल, बडडाडाँ, मैबल र खोल्लीगाउँ हुदै लिगलिगकोटमै पुगि सम्पन्न हुने बताए ।

रानामगरका अनुसार प्रतियोगिताको उपाधि जित्ने पुरुष र महिला दुवै साईकिलिष्टले जनही मेडल, प्रमाणपत्र सहित नगद २५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै क्रमश द्वितीय हुनेले २० हजार, तृतीयले १५ हजार, चौथोंले १० हजार, पाँचौले ५ हजार छैटौंले २ हजार ५ सय, साताँैले २ हजार र नवौं र दशांै स्थान हाँसिल गर्ने साईकिलिष्टले मेडल तथा प्रमाणपत्र सहित जनही २ हजार हात पार्नेछन् ।

रानामगरले सोही दौडबाटै मुल्याङ्कन गरी गण्डकी प्रदेश स्तरिय र पालुङटार नगरपालिका स्तरिय उपाधि समेत दिईने जानकारी दिदै पुरुष र महिलालाई एउटै पुरस्कार राशी प्रदान गरिने बताए ।

गण्डकी प्रदेशबाट सहभागी भई उपाधि जिेतेको साईकिलिष्टले नगद ५ हजार, उपबिजेताले ३ हजार र सान्त्वना हाँसिल गर्नेले २ हजार ५ सय प्राप्त गर्नेछन् भने नगरपालिका स्तरिय तर्फ बिजेताले २ हजार ५ सय, दोस्रो हुनेले २ हजार र तेस्रो हुनले साईकिलिष्टले १ हजारमा चित्त बुझाउनेछ ।

प्रतियोगितामा आवेदन दिनका लागि नेपालीलाई १ हजार ५ सय, सार्क मुलुकका खेलाडीलाई ५ हजार र सार्क बाहेक अन्य मुलुकका खेलाडीलाई १० हजार शुल्क आयोजकले निर्धारण गरेको छ ।

रजिष्ट्रेशन पश्चात सहभागीलाई आयोजकको तर्फबाट तनहुँको डुम्रेदेखी कार्यक्रम स्थलसम्म र कार्यक्रम सम्पन्न भए पश्चात डुम्रेसम्म आवश्यकता अनुसार पिक एण्ड ड्रप लगायतका व्यवस्था गरिएको अध्यक्ष रानामगरले बताए ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.