www.tandavnews.com
Fact ~ In search of truth

सफलका शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण

पोखरा ।

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ कार्यालय स्थापना गरि सञ्चालनमा आएको सहकारीको आजदेखि शुरु भएको १३ औं साधारण सभामा शेयर सदस्यलाई कोशेली स्वरुप माक्स र सेनिटाईजन वितरण गरेको हो ।

Batas

विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चारदिनसम्म साधारण सभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जि.सी.ले जानकारी दिइन ।

शेयर सदस्यलाई महामारिबाट जोगिन सरसफाईमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उदेश्यले सरसफाईका सामग्री प्रदान गरिएको बताउँदै उनले भनिन्,’ यस अवधिमा नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिनेछ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.