www.tandavnews.com
Fact ~ In search of truth

विद्यार्थीहरुसंग प्रधानमन्त्रीले भने: ‘संसद पुनस्थापना हुन सक्दैन भन्दिए

काठमाडौँ,
ताण्डव न्यूज ।

संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन सक्दैन भनेर जवाफ दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा प्रधानमन्त्रीले संवैधानिक ईजलासलाई यस्तो जवाफ दिएको आईतबार खुलासा गरेका हुन् ।

Batas

काठमाडौंमा आयोजित नेकपा ओली समूह समर्थित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको’ बताएका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारण देखाउ आदेश जारी गरेको थियो ।

पुस १० गतेको संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग एमिकस क्युरीका लागि क्रमशः तीन र दुई जना कानुनविद्को नाम मागेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.