www.tandavnews.com
Fact ~ In search of truth

नेपाली भूमिमै भारतीय संरचना बन्दै, प्रशासनको पत्राचारपछि निर्माण झन् तीव्र

दार्चुला ।

नेपाल–भारतको पश्चिमी सीमाना भएर बग्ने महाकाली नदीको भारततिर भारतीय पक्षले संरचना निर्माण गरिरहेको छ । मंसिर अन्तिमतिर भारतीय पक्षले महाकाली नगरपालिका वडा नम्बर ५ क्षेत्रको बिन्दावन क्षेत्रको ठिक पारीपट्टि भारतीय पक्षले संरचना निर्माण गरिरहेको छ । २०७० को महाकाली बाढीले नेपाली जमिन कटान गरेर धार परिवर्तन गर्दा केही नेपाल जमिन अहिले भारततिर परेको छ ।

उक्त बाढीले धार परिवर्तन गरेर नेपाली जमिनको बीच क्षेत्रबाट बगिरहेकाले केही जमिन भारत तिर पर्न गएको हो । मुख्यगरी भारतको गोर्खा रेजिमेन्टको क्याम्प नजिकै ठूलो बगर बनेको छ । जहाँ नेपाली जमिन समेत पर्न गएको छ । यसरी महाकालीले धार परिवर्तन गरे नेपाली जमिनको बीच क्षेत्रबाट बग्न थालेपछि उक्त बगरमा नेपाली भू–भाग समेत पर्न गएको हो ।

Batas

सोही क्षेत्रमा अहिले भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्ने ढंगले संरचना निर्माण गरिरहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । यसरी सीमा नदीमा बहाव नै पविर्तन गर्ने गरी संरचना निर्माण गर्न थालेपछि पुष २ गते पिथौरागढ जिल्लाको एसडिएम कार्यालय धारचुलालाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.