www.tandavnews.com
Fact ~ In search of truth

३७ हजार बढी श्वाब परिक्षण गरेकी डा. नितु अधिकारी आफैँ संक्रमित बनेपछि…

चितवन ।

चितवन–३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित थिइन् भरतपुर अस्पतालमा कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा नितु अधिकारी। तर अहिले उनी आफैँ संक्रमित भएकी छन्। भरतपुर अस्पतालले गत जेठमा प्रयोगशाला सञ्चालनमा ल्याएयता ३७ हजारभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ।

उनी गत साता संक्रमित भएपछि होम आइसोलेसनमा छिन्। उनीसँगै श्रीमान् र आमासमेत संक्रमित भएका छन्। अधिकारीले भनिन्, ‘निकै गाह्रो हुँदो रहेछ।’ उनले टाउको, शरीर र छाती दुखेको बताइन्। उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

Batas

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि संक्रमित हुन पुगेको बताउँछन्। ‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि संक्रमित भएँ’, डा अधिकारीले भनिन्, ‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ।’

जिल्लामा संक्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.