www.tandavnews.com
Fact ~ In search of truth

गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । कोभिड–१९ संक्रमणसंँगै निमोनियाका कारण बिरामी परेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन्।

भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गरेका थिए । उनले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उनको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिए ।

Batas

कोरोना संक्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत छन् । उनको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ ।

गृहमन्त्री थापा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन पुगेका हुन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.