www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइड नहरमार्गको ढलान बाटो शिलान्यास

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन ।

करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ४७ लाख ७० हजारको कूल लागतमा सम्पन्न हुने बताइएको छ । सो बाटोको परिधि कन्स्ट्रक्सनले पाँच महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालले जानकारी दिए।

Batas

बाटो शिलान्यास गर्दै पहारीले पर्यटकीय शहर पोखराको लेकसाइडलाई थप आकर्षक गराउन पूर्वाधार विकासका लागि आफू उत्तरदायी भएर लागिरहेको बताए ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने जानकारी दिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्रै नभई समयअनुसार यसको रुपान्तरणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा–६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्यमा सबैको एकता र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा होटेल एसोशिएसन नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यलगायतले निर्माण समयमै र गुणस्तरीयरुपमा हुनुपर्नेमा जोड दिएका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.