www.tandavnews.com
Fact ~ In search of truth

हल सञ्चालन गरेको एक साता पछि सीसीएमसीको निर्णय: हल लगायत बन्द क्षेत्र खुला

पोखरा
ताण्डव न्युज ।

फिल्म सञ्चालकहरुले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल सञ्चालन गरेपनि सीसीएमसीले आइतबारदेखि बल्ल अनुमति दिएको छ ।

आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले हल लगायत बन्द रहेका क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

Batas

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै हाललाई खुल्ला गरिएको र मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताएका छन्।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको जनाइएको छ । आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.