www.tandavnews.com
Fact ~ In search of truth

थानकोटबाट करिब डेढ करोड रकम सहित दुई व्यक्ति पक्राउ

काठमाडौँ
ताण्डव न्यूज ।

अवैध ठानिएको १ करोड ४७ लाख रुपैयाँ नगद सहित काठमाडौंको थानकोट प्रहरीले एक एक भारतीय र एक नेपाली नागरिकलाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय अमितकुमार गुप्ता र उनी सवार गाडीका सवारी चालक रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेका गुप्तालाई नागढुंगामा खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा पक्राउ गरेको हो । प्रहरीले गुप्ता चढेको गाडीका चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरेको छ ।

Batas

पक्राउ परेका दुवै जनालाई अहिले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.