www.tandavnews.com
Fact ~ In search of truth

बूढीगण्डकी तर्ने क्रममा काठेपुलबाट खस्दा बालक बेपत्ता

गोरखा ।

चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।

सो दिन बिहान करीब १०ः३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

Batas

बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा मिङ्युर दोर्जेले जानकारी दिए । ‘काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ’, उनले भने, ‘छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पु¥याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए ।बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.