www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा पनि विघटन हुन सक्छ : मन्त्री तुम्बाहाम्फे

मोरङ,
ताण्डव न्यूज ।

संघीय संसद विघटन गरेपछि आलोचना खेप्दै आएको ओली सरकारले प्रदेशसभा पनि विघटन गर्ने तयारी गरेको खुलासा भएको छ ।

सोमबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा विघटन ‘हुन पनि सक्ने’ अभिव्यक्ति दिएकी छन् ।

Batas

मन्त्री तुम्बाहाम्फेले प्रदेशसभामा समेत राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव देखिन थालेसंगै सरकारले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताईन् । तर विघटन गर्ने वा नगर्ने भन्ने पूर्ण अधिकार भने प्रदेशसभामै रहेको उनको भनाइ छ ।

दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गरेकि छिन । उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’

मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेले बताइन् । मन्त्री तुम्बाहाम्फेले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगले काम अघि बढाएको बताइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.