www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ ।

पोखरामा उपचाररत संक्रमित पुरुषको आज बिहान पौने ६ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

निर्देशनालयको अनुसार स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका –६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनमा पौष १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय ९४ पुगेको छ ।

यसैबीच पोखराका २५ जना र स्याङ्जाका १ गरि गण्डकी प्रदेशमा २६ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७ सय २५ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.