www.tandavnews.com
Fact ~ In search of truth

शिक्षकको जिल्लान्तर सरुवा रोक्का

काठमाण्डौ,
ताण्डव न्यूज ।

शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ।

केन्द्रका निर्देशक बसन्त प्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ ।

Batas

‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइ हरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ ।

केन्द्रको पूर्व अनुमति लिएका हरूले भने जिलान्तर सरूवा हुन पाउनेछन् । ‘शिक्षक सेवाआयोगबाट स्थायीपदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लान्तर सरूवा बाहेक सबै तह र श्रेणीका शिक्षकहरूको जिलान्तर सरूवाअर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको छ,’ उनले भनेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.