काठमांडौँ,
ताण्डव न्यूज ।
बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बेलायतीप्रधानमन्त्रीबोरिस जोनसोनले कोरोनाभाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहो¥याएर लकडाउनको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री जोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि आग्रह गरेका छन् ।

आजबाट लागू हुने लकडाउन फरवरी सम्म जारी रहने बताइएको छ । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसको नयाँप्रकार फैलिएपछि तीव्र गतिमा सङ्क्रमण बढ्न थालेको छ ।
हालसम्म कोरोनाकाकारण बेलायतमा संक्रमित हुनेको संख्या २७लाख १३ हजार ५ सय नाघेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.