www.tandavnews.com
Fact ~ In search of truth

अनावश्यक कोरोना परीक्षण नगराउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमांडौँ,
ताण्डव न्यूज ।

सरकारले कोरोना संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण पश्चात कोरोना पुष्टि भएकाहरुको ज्यान जोखिममा हुने भएकाले जहाँ बसेपनि स्वास्थ्यकर्मीको सम्पर्कमा बस्न भनेको छ ।

Batas

मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल समयमै नपुग्नाले उपचार आदिमा ढिला भई ठूलो जोखिम आउने र यस अवस्थामा मानसिक तनाव समेत बढ्न सक्ने भएकाले सतर्क रहन भनेको हो ।

यस्तै अनावश्यक कोरोना परीक्षण नगराउन र नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले होम आइसोलेसनमा तथा अस्पताल सेन्टरमा भर्ना भएर लामो समय रहने र पटक पटक परीक्षण गरिरहने तथा नतिजा नेगेटिभ नआउञ्जेल डिस्चार्ज समेत नहुने कार्यहरु गर्दा गम्भीर प्रकृतिका बिरामीहरु उपचारबाट बञ्चीत हुने गरेकाले त्यस्तो नगर्न पनि आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.