पोखरा ।
पोखराको नयाबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश सरकार गठनसंगै गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्धारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
पोखरामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी संग्रहालय शैक्षिक कार्यक्रम र संग्रहालयमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने गरी सामाग्रीहरु संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा वोल्दै लुम्बिनी बिकास कोषका वरिष्ठ अधिकृत हरिध्वज राईले प्रदेश संग्रहालयको प्रवद्र्धन र संरक्षणको लागि प्रदेशमा रहेका जातजातिको पहिचान र पौराणिक औजारहरुलाई संग्रहालयमा संकलन गरी प्रदेशको पहिचानको रुपमा संग्रहालयलाई ब्यवस्थि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । संग्रहालय शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई प्रदेशको बारेमा जान्ने बुझ्ने थलोको रुपमा विकास गरेर अगाडी वढ्नुपर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै विद्यालयको प्रतिनिधीत्व गर्दै भोलानाथ पौडेलले संग्रहालय शैक्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि प्रदेश भित्रको ऐतिहासिक, सांस्कृतीक, साहित्यिक पक्षहरु झल्कने खालको सामाग्रीहरु राख्न सकेको खण्डमा विद्यार्थीहरुले संग्रहालयमा आएर धेरै कुरा जान्ने मौका पाउने वताए ।
मौलिक पर्वहरु हराउदै गइरहेको सन्दर्भमा संग्रहालयहरुमा प्रदेश भित्रका जातजातिको मौलिकता झल्कने सामाग्रीहरु राख्न सके विद्यार्थीहरुलाई मौलिकताको बारेमा जान्ने अवसर पाउने उनको भनाइ रहेको थियो । त्यसैगरी विभिन्न जातजातिको प्रतिनिधित्व गर्दै नेवा खल कास्कीका महासचिव सुविन्द्र श्रेष्ठले प्रदेश संग्रहालयमा अझैपनि गण्डकी प्रदेश भित्र रहेका विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने गरी कुनैपनि सामाग्री नरहेको वताउदै प्रदेश भित्रका जातजातिको मौलिक पहिचान झल्कने सामाग्री खरिद गर्नक लागि आफुहरुले पहलकदमी थाल्ने वताए ।
प्रदेश संग्रहालयमा सिमित मात्र जातजातिको मौलिकता झल्कने सामाग्रीहरु रहेकाले हिमाल देखी तराइ सम्मका जातजातिको मौलिकता झल्कने सामाग्रीहरु खरिद गरि राख्न सकेमा विद्यार्थी वा कुनैपनि पर्यटकहरुले गण्डकी प्रदेशमा बसोबास गर्ने जातजातिको बारेमा जान्ने मौका पाउने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङ गाउपालिका २ छोसेरका स्थानिय युवा क्लवका प्रतिनिधी कर्मा नाम्ग्याल गुरुङले प्रदेश संग्रहालयमा रहेको मुस्ताङ ग्यालरीमा उपल्लो मुस्ताङको संस्कृती झल्कने गरी कुनैपनि सामाग्रीहरु नरहेकाले उक्त ग्यालरीमा उपल्लो मुस्ताङको संस्कृती र ऐतिहासिक सम्पदाहरु झल्कने गरी सामाग्रीहरु संकलनका लागी आफ्नो तर्फबाट पहलकदमी थाल्ने वताए ।
प्रदेश संग्रहालय तत्कालिन समयमा क्षेत्रिय विकासको सन्तुलनमा टेवा पु¥याइ पर्यटन उद्योगको संवद्र्धन र बिकास गर्ने हेतुले २०४१ माघ २३ गते क्षेत्रिय संग्रहालय सर्वसाधरणको लागि खुल्ला गरिएको भएता पनि राजनितिक परिवर्तन संगै २०७५ भदौ २४ देखि प्रदेश संग्रहालयको रुपमा रुपान्तरण भइ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुदै आएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।