www.tandavnews.com
Fact ~ In search of truth

तोलामा १,१०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं ।

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।

Batas

यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.