www.tandavnews.com
Fact ~ In search of truth

दृष्टिविहिनहरुका लागि नयाँगाउ चर्चको सहयोग

पोखरा,
ताण्डव न्यूज ।

पोखरा १५ मा रहेको नयागाउँ चर्चले क्रिशमसको अवसर पारेर दृष्टिविहीनहरुका लागि न्यानो ब्ल्यांकेट वितरण गरेको छ ।

मंगलबार चर्चमा आयोजित कार्यक्रममा दृष्टिविहीनहरुका १० परिवारलाई जाडोका लागि तातो ब्ल्यांकेट वितरण गरिएको नयाँगाउँ चर्चका पाष्टर ग्रिष्मकेशव पराजुलीले जानकारी दिए । कोरोना महामारीका कारण विगतका वर्षजस्तै यो वर्ष क्रिशमस भव्य रुपमा मनाउन असमर्थ रहेको भएपनि मानव सेवाका कामहरु भने गरिएको पराजुलीले बताए ।

Batas

समाजसेवी यसोदा रेग्मी र बाबुराम रेग्मीको सहयोगमा चर्चले ब्ल्यांकेट वितरण गरिएको हो । चर्चले यसअघि गत शुक्रबार पनि अति विपन्न एवं ज्येष्ठ नागरिकहरुलाई खाना खुवाएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.