www.tandavnews.com
Fact ~ In search of truth

कोभिडले धरासायी बनाएको व्यवसायलाई उठाउँछौ

पोखरा,
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आगामी पुस २४ र २५ गते पोखरामा हुँदैछ । महाधिवेशन नजिकिएसँगै उम्मेदवारले घरदैलो कार्यक्रम गरी भोटको लागि अपिल गरिरहेका छन् । उपाध्यक्ष ( वाणिज्य ) पदका उम्मेदवार अर्जुन पोखरेल पनि व्यवसायीसँग भोट माग्न व्यस्त छन् ।

२०७१ देखि ०७३ सम्म अर्जुन पोखरेल कार्यसमिति सदस्यमा निर्वाचित भई २०७३ देखि ०७५ सम्म उपमहासचिवको रुपमा काम गरे । ग्रामिण पर्यटन विकासको लागि उनले अभियानकै रुपमा विभिन्न काम गरेका छन् भने संस्थागत रुपमा उद्योगी व्यवसायीका हक हितका लागि आवाज बुलन्द पार्दै आएका छन् । उनै पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

Batas

१) महाधिवेशन नजिकिँदै छ । व्यवसायीसँग भोट माग्न व्यस्त हुनुहुन्छ । घर दैलो गर्नेै पर्ने कारण के हो ?

यो पहिलेदेखि कै चलन हो । उद्योगी व्यवसायीले आफ्नो घर आगनमा भोट् माग्दा राम्रो फिल गर्नुहुन्छ । हिजो देखि नै यो परम्परा रहेको छ । कोभिडको बेला यो पटक घरदैलो नगरौं भन्ने भको थियो । सर्वसम्मत गरौं भन्ने नै थियो तर पछि यसमा चुकेयौँ । सर्वसम्मत गर्दा एक जनाले चुक्नु नै पर्ने हुँदा कोही पछि हट्न नमाने पछि प्यानल बनाएर मैदानमा जाँदैछाँै । अहिलेको अवस्थामा व्यापारिक क्षेत्रमा नैराश्यता छ । व्यापारिक क्षेत्र कोमामा पुगेको अवस्था छ । यसलाई पुर्नताजगी ल्याउनु नै छ । अहिले घरघर जानु भन्दा पनि गु्रप बनाएर एउटा टोलमा गएर त्यहाँ र्कोडिनेशन गरेका छौं ।

२) कोभिडले थला परेको व्यवसायीलाई संघको तर्फबाट तपाईको पहल के रहनेछ ?

देशको आर्थिक र राजनितीक अवस्था विषम परिस्थितीबाट गुज्रीरहेको छ । हामी उद्योगी व्यवसायी लामो द्धन्द्धकाल, भूकम्प, नाकाबन्दी, कोभिड र फेरी राजनितिक अस्थिरताले थला परेका छौ । देशमा काम चलाऊ सरकार छ । संसद छैन, प्रदेश र स्थानीय सरकार पनी के हुने हो भन्ने त्रासनै छ । यस्तो अवस्थामा हिजोका दिनहरुमा जस्तै निजी क्षेत्रका संघ संस्थाहरुको भुमिका बढ्ने अवस्था आउने सम्भावना छ ।

पोखरा उद्योग वाणिज्य संघ समग्र पोखराका व्यवसायीको हकहित र यहाँको विकासमा हातेमालो, समन्वय र पैरबी गर्नका लागि स्थापना भएको पोखराको पुरानो, गर्विलो र सबैको आस्थाको केन्द्र हो । विगत केहि समयदेखी संघ विभिन्न कारणले कमजोर भैरहेको आभास हामिले गरिरहेका छौँ । व्यवसायीका धेरै समस्याहरु छन् । कोभिडका कारण हाम्रा व्यवसाय चल्न सकेका छैनन्, घरभाडा, बैंकको किस्ता र ब्याज, कर, बिजुली शुल्क तिर्न सकेको अवस्था छैन ।

सरकारले मौद्रीक निती मार्फत ल्याएका प्याकेजहरु कार्यान्वयन भएका छैनन । पार्किङ, फुटपाथ पोके व्यापारीको समस्या दिनदिनै बढ्दै गईरहेरको अवस्था छ । उत्पादन भएका वस्तुहरुको बजारको ग्यारेन्टी छैन । लागत बढी छ । रोजगारी गुमेको छ , पर्यटन र यातायात व्यवसाय अझै खुल्न सकेको छैन यससँग हाम्रा सबै उद्योग व्यवसाय अन्तरनिहीत छन, पोखरा बिमान स्थल सञ्चालनसँगै शिघ्र अन्तर्राष्ट्रिय शहर ऊन्मुख छ ।

कोरला नाका, सुस्ता र कालिगण्डकी कोरीडरले पोखरा ठूलो अर्थतन्त्र भएका दुई छिमेकी राष्ट्र भारत र चिनको ट्रान्जिट पोईन्ट बन्दै छ । यसको फाईदा पोखराले भरपुर लिनुछ तर हाम्रो तयारी छैन । हाम्रो व्यापार स्थानीय स्तरमा मात्र चल्दै आईरहेको छ । हामीसँग उत्पादन छैन, पूर्वाधार छैन, पोखरा आउने पर्यटकका लागि दिने कोशेली छैन । हामी विविध कारणले धेरै पछाडि परेका छौ । अब निजी क्षेत्रले सरकारसँग मिलेर गम्भिर छलफल गरि योजना बनाई अगाडि बढ्नु आवश्यक छ ।

अझै पनी हामी पोखरेली व्यवसायी एकढिक्का हुन सकेका छैनौ अब हामी एक हुनु जरुरी देखिन्छ, यसको नेत्तृत्व पोखराको जेठो र गर्विलो संस्था पोखरा ऊद्योग बाणिज्य संघले लिनु पर्दछ, सबैलाई समेट्नु पर्दछ, समन्वय गर्नु पर्दछ । सक्षम नेतृत्व चुन्न पोखरेली उद्योगी व्यवसायी सजग र सक्षम हुनुहुन्छ ।

३) वाणिज्य उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ, तपाईको प्रतिवद्धताहरु केके छन् ?

कोभिडको संक्रमणसँगै निम्तिएको अस्तव्यस्तताका बीच वाणिज्य तर्फको उपाध्यक्षको प्रत्यासी बनिरहँदा यसले उब्जाएका यावत समस्याको समाधान, व्यवसायीको सुरक्षा र व्यावसायिक वातावरण निर्माण एवं सरकारी-गैरसरकारी संस्थाहरुको सहकार्य नै मेरो पहिलो ध्येय हो । मेरो कदम भनेको व्यवसायीको हकहितको लागि नै रहनेछ ।

संघलाई सानो लगानीबाट व्यवसाय सरु गर्नेदेखि ठूलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने अभियानलाई विशेष प्राथमिकता दिने र उद्योगी व्यवसायीलाई राज्य र प्रशासनिक निकायबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन निरन्तर त्रियाशिल रहनेछौं । कोभिड–१९ ले धरासायी बनाएको पर्यटन तथा यातायात क्षेत्रको पुनरुत्थानको लागि सरोकारवाला निकायसँग सहकार्य एवम् पर्यटन प्रवद्र्धनका विविध गतिविधि सञ्चालनमा पहल गर्नेछौं ।

४) तपाईको प्यालनमा को–को हुनुहुन्छ ?

उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिदै गर्दा सर्बप्रथम त सर्वसम्मतमा जाने कुरा भइरहेको थियो । पछि विविध कारणले मिलेन । हाम्रो तर्फबाट नारायण कोइरालाको अध्यक्षमा प्यानल खडा गरेका छौं । पवनकुमार प्रजापति निर्वाचित भइसक्नुभएको छ । यसअलावा म आफै वाणिज्य तर्फको उपाध्यक्ष, चिनुकुमारी गुरुङ उद्योग तर्फको उपाध्यक्ष, सुरेन्द्रमान बिचुक्छे महासचिव, बलराम आचार्य कोषाध्यक्ष, केशवबहादुर खत्री उपमहासचिव र कार्यसमितिहरुमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बाँस्तोला, क्रषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला र कर्पोरेट सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) रहनुभएको छ ।

५) पोखरेली व्यवसायीहरुलाई तपाईको अपिल के छ ?

हामी नेतृत्वमा बसिसकेपछि यहाँका व्यवसायीहरुले भोग्नु परेका समस्या समाधान गर्न र त्यही आवाज सरोकारवाला निकायमा पुर्‍याउनु नै हो । कोभिडले धरासायी बनाएको व्यावसायिक वातावरण निर्माणबाट मात्र हामी फस्टाउँछौ र राज्यपनि फस्टाउँछ भन्नेमा हामी स्पष्ट छौं । हाम्रो यो पुनित मनशायलाई पोखरेली व्यवसायीले बुझेर अमूल्य मतले अनुमोदन गर्नुहुनेछ भन्नेमा आशावादी छौं ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.