www.tandavnews.com
Fact ~ In search of truth

जसपाले पौष २९ गते पोखरामा बृहत जन प्रदर्शन गर्ने

पोखरा।

जनता समाजवादी पार्टी, गण्डकीले आउँदो पौष २९ गते पोखरामा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेपछि उक्त कदम असंबैधानिक र प्रतिगामी भएको भन्दै जसपाले जनप्रदर्शन गर्ने भएको हो ।

Batas

प्रधानमन्त्री ओलीको कदम असंबैधानिक तथा जनआन्दोलन २०६२-०६३ को मर्म र उपलव्धीकै विरुद्धमा रहेकोले उक्त कदमका विरुद्ध सडकबाटै दवाद दिनका लागि कार्यक्रमको आयोजना गरिएको जनप्रदर्शन प्रचार–प्रसार समितिका संयोजक किरण थापाले बताए ।

जन प्रदर्शनलाई सम्बोधन गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र शरदसिंह भण्डारी पोखरा उत्रने थापाले जानकारी दिए । जसपा गण्डकीद्धारा आयोजित उक्त कार्यक्रममा करिव ५ हजार मानिसको सहभागीता रहने आयोजकले दावी गरेको छ ।

जनप्रदर्शनका दिन सयौं मानिसहरुले जसपा पार्टीमा प्रवेश गर्ने जसपा गण्डकी प्रदेश संयोजक मोती रिजालले बताए । उक्त दिन बिहान ११ :३० बजे चिप्लेढुङ्गाबाट र्याली शुरु हुने र दिउँसो १२ : ३० बजे पृथ्वीचोकमा पुगि र्याली बृहत सभामा परिणत हुने रिजालले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.