www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा १३ लाख सर्वसाधारणले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं,
ताण्डव न्यूज ।

युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो ।

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपका लागि बेलायतमा अनुमति दिएको एक महिनाको अवधिमा १३ लाख नागरिकलाई खोप लगाइएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले मुलुकमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखि सुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको बताए ।

Batas

यसैबीच, बेलायत प्रवेश गर्ने सबैले अब कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । प्रधानमन्त्री जोनसनले अर्को देशबाट बेलायत आउने सबै यात्रुले कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बताए । उनले यसबारे विस्तृत जानकारी भने चाँडै नै दिइने पनि उल्लेख गरे ।

उनले हालसम्म मुलुकमा १० लाखभन्दा बढी मानिस कोरोनाका कारण संक्रमित भएको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएकाले जोखिम झन् बढ्न सक्ने भएकाले सबैलाई खोपको पहुँचमा पु¥याउनका लागि खोप अभियान सुरु गरिएको बताए ।बेलायतमा कोरोनाको बढ्दो जोखिमका कारण हिजो मंगलबार देखि लागू हुने गरि देशव्यापी लकडाउन जारी गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.