www.tandavnews.com
Fact ~ In search of truth

संविधानको अन्तिम व्याख्या अदालतले नै गर्छ : डा भट्टराई

काठमाडौं,
ताण्डव न्यूज ।

जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले अदालतले नै संविधानको व्याख्या गर्ने अन्तिम निकाय भएकाले सबैको ध्यान अदालत तर्फ केन्द्रित भएको बताएका छन् ।

संसद विघटन विरुद्धमा सर्वोच्चमा परेको मुद्धाका बारेमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा भट्टराईले संविधानको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने उल्लेख गरेका छन् ।

Batas

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले अदालततिर सबैको ध्यान गएको जनाएका छन् । भट्टराइले भनेका छन्, उल्लेख गरेका छन् ’आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ।

ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।’ प्रतिनिधिसभा

विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतकोे संवैधानिक इजलासमा आजबाट सुनुवाइ हुँदै छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.