www.tandavnews.com
Fact ~ In search of truth

गिनिज बुकमा रेकर्ड राखेको स्कुटर नेपाली बजारमा

काठमाडौं ।

अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा गिनिज बुकमा रेकर्ड राखेको स्कुटर नेपाली बजारमा भित्रिएको छ । गिनिज बुक अफ र्वल्डमा रेकर्ड राखेको टेलजीको स्कुटर नेपाली बजारमा उपलब्ध हुन थालेको हो ।

टेलजी स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक वितरक योम मा ई मोटर्सले टेलजी लियोपार्ड नेपाली बजारमा उपलब्ध गराएको हो ।

Batas

यो इलेक्ट्रिक स्कुटरले एकपटकको फुल चार्जमा ६५६.८ किलोमिटर यात्रा गरेर उक्त रेकर्ड राख्न सफल भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिएको लियोपार्डमा २.५ किलोवाट पावरको मोटर दिइएको छ । यसमा ३.२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ ।

टेलजी लियोपार्ड एकपटकको फुल चार्जमा १३० किलोमिटर यात्रा गर्ने क्षमता रहेको छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एकपटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ ।

स्कुटरमा कि–लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जस्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेसलगायतका विशेषता छन् ।

नयाँ वर्षको उपलक्ष्यमा हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एसेसोरिज निःशुल्क पाउने छन् । एसेसोरिजमा ५ हजार बराबरको ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट र फुट म्याट छन् ।

नेपाली बजारमा टेलजी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन कलरमा उपलब्ध रहेको छ । टेलजी लियोपार्डको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.